Wednesday, March 28, 2018

विश्वकर्मा समाज यूएई नेपालको दोश्रो अधिवेशन सम्पन्न

हरि खड्काथोकी । चैत्र ११, यूइई । विश्वकर्मा समाज यूएई नेपालको दोश्रो महाधिवेशन सम्पन्न भएको छ । २०१५ देखि सुरुवात भएको समाजले यूएई मै क्षेत्रीय रुपमा संगठन विस्तार गर्दै गएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बावुराम विश्वकर्माले यूएई मा रहेको १५ हजार विश्वकर्मा समुदायले भोग्नु परेको समस्या र व्यवधानहरुको लागि सहज ढंगले निराकरण गर्न साथै विश्वकर्मा समुदाय भित्र परेको अप्ठ्यारोलाई समाधान गर्नका लागि विश्वकर्मा समाज यूएईको स्थापना गरिएको जानकारी दिए । रोजगारको दौरानमा पर्ने अप्ठ्यारोलाई संस्था वा समाजले सहजिकरण गर्दा सहज हुने भएकाले यूएई मा रहेका सम्पूर्ण विश्वकर्मा समुदायलाई एक हुन आवश्यक रहेकोमा जोड दिए । 
समाजले क्षेत्रीय रुपमा पनि संगठन विस्तार गरेको छ । स्थापनासँगै आबुदावी क्षेत्रीय समिति, सर्जह क्षेत्रीय समिति पनि गठन गरेको थियो । समाज प्रबासमा रहेर पनि विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आइरहेको छ ।

संस्थाले २०१५ मै सफल व्यवसायी अनिल गजमेरलाई पनि विशेष सम्मान गरेको थियो भने धुर्मुस सुन्तली फाउन्डेसनलाई रु. ५०,००० सहयोग गरेको थियो । त्यस्तै बुटवलमा निर्माणधीन विश्वकर्मा मन्दिरलाई पनि समाजले आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्नै वेवपेज तथा समाज भवन निर्माण समेत गरेको छ ।

विश्वकर्मा समाज नेपाल युएईको दोस्रो अधिवेसनमा अध्यक्षमा देव बिश्वकर्मा, उपाध्यक्ष सुव्वा बिश्वकर्मा, उपाध्यक्ष शंकर सुनार, महासचिव कमल खाती, सचिव गणेश रसाईली, कोषाध्यक्ष  दुर्गा बहादुर सुनार, सहकोषाध्यक्ष मनु सुनार, प्रवक्ता, रोहन सुनार, सदस्य सुमी गहतराज, कृष सुनार, जित बिक, बिरु सुनार, झलक बहादुर सुनार चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा कृष्ण बिश्वकर्मा, फर्श बहादुर बिश्वकर्मा (पारस), बाबुराम गोतामे सुनार रहेका छन् भने संस्थाको संरक्षकमा योगेन्द्र सिँह विश्वकर्मा तथा सह–संरक्षक बाबुराम विश्वकर्मा रहेका छन् । 


Share This

0 comments: