Tuesday, November 21, 2017

निर्वाचनका कारण एक महिना हलमा पुरानै फिल्म लाग्ने

मंसिर ५,पोखरा
मंसिर १ गते ‘झ्यानाकुटी’ रिलिज भएको थियो भने अब मंसिर २९ गते हलमा चलचित्र ‘सुपर गोर्खे’ प्रदर्शनमा आउदै छ । यस बीच डिसेम्बर १ तारिखमा संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्र ‘पद्मावती’ रिलिज हुने पक्का थियो । तर, भारतमा राजपुत समाजले यस चलचित्रको कथावस्तुलिएर चर्को विरोधपछि यस प्रदर्शन मिति पछि सरेको छ । यस कारण हलमा ३ हप्ता जति कुनै पनि नेपाली र हिन्दीफिल्म रिजिल नहुने भएको छ ।
फिल्म रिलिज नभएपछि हलहरु तनाबमा पर्ने भएका छन् । दीपिका पादुकोण, रणवीर सिंह, साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘पद्मवाति’लाई तोकिएको मितिमा प्रदर्शन नगर्ने यसको निर्माणपक्षले निर्णय गरिसकेको छ । यस चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड भएसँगै नेपालका हलहरु प्रभावित भएको छ ।
अब एक महिना नयाँ नेपाली चलचित्र पनि रिलिज हुने छैनन् । पौषको १४ गते देखि धेरै नेपाली चलचित्र रिलिज हुने छन् । तर, करिब १ महिना नेपाली चलचित्र हलहरुमा नेपाली र हिन्दी चलचित्र रिलिज हुने छैनन् । नेपालमा मंसिर १० र २१ गते हुन लागेको निर्वाचनका कारण नयाँ नेपाली चलचित्र रिलिज नहुने भएका हुन् । करिब १ महिनापछि डिसेम्बर २२ मा रिलिज हुन लागेको सलमानको ‘टाइगर जिन्दा हे’ले मात्र नेपाली चलचित्र हलहरुलाई राहत दिन सक्ने अनुमान गरिएको छ ।

Share This

0 comments: