Saturday, November 18, 2017

मैले जितिसकेँः रविन्द्र अधिकारी



कार्तिक २९, पोखरा । एमालेका युवा नेता तथा कास्की २ का बाम गठबन्धनका उम्मेदवारहरु रविन्द्र अधिकारीले पराजित भईसकेको बताएका छन् । ‘मेरा प्रतिष्पर्धी पराजित भईसके, पराजित मानसिकताकै कारण व्यक्तिगत एजेण्डा नभई तर्कविहिन आरोप लगाईरहेका छन्,’ उनले भने, ‘तर्क नहुनेहरुले के विकास गर्न सक्लान, उनीहरु राजनीतिलाई फोहोर बनाउन उद्धत रहेका छन् ।’
बुधबार पोखरा १६ र १७ मा घरदैलो गर्दै उनले वास्तविक लोकतन्त्रका लागि आफूहरुलाई जिताउन आग्रह गरे । पोखरा १६ सुन्दर फिडबाट सुरु भएको घरदैलोमा लामाचौर, बाटुलेचौर, पोखरा–१७ प्रगतिटोल, महतगौडा, दोबिल्लासम्म पुगेका थिए ।
वाम गठबन्धन कास्की २ को प्रचारप्रसार समितिको बुधबार भएको भेलामा अधिकारीले विपक्षी कांग्रेसले राजनीतिलाई फोहोरी खेल बनाउन खोजेको आरोप लगाए । उनले भने, ‘हाम्रो लोकतान्त्रिक वाम गठबन्धन हौं, लोकतन्त्रको हिमायती ठान्ने कांग्रेस अधिनायकवादी भएको देखिएकै छ ।’

Share This

0 comments: