Friday, November 17, 2017

पञ्चासेमा बस दुर्घटना एकको मृत्यु


मंसिर १, पोखरा । स्याङ्जा , कास्की र पर्वतको सिमामा पर्ने पञ्चासेबाट यात्रु लिएर पर्वतका लागी छुटेको यात्रुवाहक वस पञ्चासे नजिकै दुर्घटना भएको छ ।

केहीबेर अगाडी भञ्ज्याङ भन्ने ठाँउमा ध १ ख ८७ नं को बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो दुर्घटनामा कम्तिमा ३० देखी ४० जना घाइते भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका १४ जनालाई उद्धार गरी पोखरा ल्याइदै छ भने गाडी खोंचमा परेका कारण अन्यको उद्धार गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ ।  गाडी सडकबाट करिव एक सय मिटर तल खोंचमा खसेको प्रहरीले जानकारी दिएको छ ।
पञ्चासेमा बालाचतुर्दशीको दिन मेला लाग्ने कास्की स्याङ्जा, पर्वत लगायतका जिल्लाबाट सत्विज छर्न श्रद्धालुहरु ठूलो संख्यामा आउने गर्दछन ।
सोही मेला भरेर फर्केका यात्रु बोकेर पर्वतका लागी छुटेको बस दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

Share This

0 comments: