Latest

Wednesday, March 28, 2018

विश्वकर्मा समाज यूएई नेपालको दोश्रो अधिवेशन सम्पन्न

विश्वकर्मा समाज यूएई नेपालको दोश्रो अधिवेशन सम्पन्न

हरि खड्काथोकी । चैत्र ११, यूइई । विश्वकर्मा समाज यूएई नेपालको दोश्रो महाधिवेशन सम्पन्न भएको छ । २०१५ देखि सुरुवात भएको समाजले यूएई मै क्षेत्रीय रुपमा संगठन विस्तार गर्दै गएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बावुराम विश्वकर्माले यूएई मा रहेको १५ हजार विश्वकर्मा समुदायले भोग्नु परेको समस्या र व्यवधानहरुको लागि सहज ढंगले निराकरण गर्न साथै विश्वकर्मा समुदाय भित्र परेको अप्ठ्यारोलाई समाधान गर्नका लागि विश्वकर्मा समाज यूएईको स्थापना गरिएको जानकारी दिए । रोजगारको दौरानमा पर्ने अप्ठ्यारोलाई संस्था वा समाजले सहजिकरण गर्दा सहज हुने भएकाले यूएई मा रहेका सम्पूर्ण विश्वकर्मा समुदायलाई एक हुन आवश्यक रहेकोमा जोड दिए । 
समाजले क्षेत्रीय रुपमा पनि संगठन विस्तार गरेको छ । स्थापनासँगै आबुदावी क्षेत्रीय समिति, सर्जह क्षेत्रीय समिति पनि गठन गरेको थियो । समाज प्रबासमा रहेर पनि विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आइरहेको छ ।

संस्थाले २०१५ मै सफल व्यवसायी अनिल गजमेरलाई पनि विशेष सम्मान गरेको थियो भने धुर्मुस सुन्तली फाउन्डेसनलाई रु. ५०,००० सहयोग गरेको थियो । त्यस्तै बुटवलमा निर्माणधीन विश्वकर्मा मन्दिरलाई पनि समाजले आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्नै वेवपेज तथा समाज भवन निर्माण समेत गरेको छ ।

विश्वकर्मा समाज नेपाल युएईको दोस्रो अधिवेसनमा अध्यक्षमा देव बिश्वकर्मा, उपाध्यक्ष सुव्वा बिश्वकर्मा, उपाध्यक्ष शंकर सुनार, महासचिव कमल खाती, सचिव गणेश रसाईली, कोषाध्यक्ष  दुर्गा बहादुर सुनार, सहकोषाध्यक्ष मनु सुनार, प्रवक्ता, रोहन सुनार, सदस्य सुमी गहतराज, कृष सुनार, जित बिक, बिरु सुनार, झलक बहादुर सुनार चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा कृष्ण बिश्वकर्मा, फर्श बहादुर बिश्वकर्मा (पारस), बाबुराम गोतामे सुनार रहेका छन् भने संस्थाको संरक्षकमा योगेन्द्र सिँह विश्वकर्मा तथा सह–संरक्षक बाबुराम विश्वकर्मा रहेका छन् । 

Wednesday, November 22, 2017

श्रीमान बितेको तेस्रो दिन मै बिना मगरले कंचनपुर पुगेर किन भनिन “म प्रचण्डको बुहारी होइन”!

श्रीमान बितेको तेस्रो दिन मै बिना मगरले कंचनपुर पुगेर किन भनिन “म प्रचण्डको बुहारी होइन”!

मंसिर ७, पोखरा । नेकपा माओवादी केन्द्रकी नेतृ तथा शक्तिशाली राजनीतिज्ञ पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले आफू प्रचण्डकी बुहारी हैन भन्दै स्टेज चढ्दा सबै अचम्वित परे । चुनावी सभामा कञ्चनपुरको सभा स्टेजमा उनले जब शब्द थप्न थालिन् म प्रचण्डकी बुहारीभन्दा पहिला कञ्चनपुरको छोरीका रुपमा चिनिन चाहेकी छु । यति बोलिनसक्दै तालिका गड्गडाहट सुरु भए । धेरैका खुशीले आँशु रसाए । ‘मलाई कञ्चनपुरकी छोरीका रुपमा चिनिन मन छ,’ उनले भनिन्, ‘आगामी निर्वाचनमा कञ्चनपुरका आमाबुबा दाजुभाईले मतदान गरेर कञ्चनपुरकी छोरीलाई संसद र सिंहदरवारमा पु¥याउँदैछन् ।’
उनले जुनसुकै नेता पनि पराजित भएर क्षेत्रमा नफर्किने परम्परालाई तोड्दै २०७० सालमा पराजित भएर पनि आफू निरन्तर कञ्चनपुरको विकासमा सक्रिय रहेको बताइन् । ‘पराजित भएर पनि थुप्रै विकास योजना र कार्यक्रम भएका छन्,’ उनले भनिन्, ‘चुनाव जितेपछि विकासमा आधिकारिक भूमिका खेल्न सजिलो हुन्छ ।’ बिनाको पक्षमा मत माग्दै माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार जीवलाल चौधरी र नेकपा एमालेबाट कञ्चनपुरको १ ख मा प्रदेशसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार कुलवीर चौधरीले आफुहरुलाई मत मागे ।
नेकपा माओवादी केन्द्रकी नेतृ बिना प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको बेलडाँडीस्थित चवन्नी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा डडेल्धुराका प्रतिनिधिसभा सदस्य उम्मेदवार खगराज भट्टले भट्टले स्थानीय उम्मेदवार बिना मगरप्रति फैलाइएको अफवाहबारे प्रष्टीकरण दिँदै बिना मगर कञ्चनपुरमा माओवादी आन्दोलनको उद्गम बिन्दु आइबीआरडीबाट स्थापित महिला नेतृ भएको बताए ।
‘कञ्चनपुरको आइबीआरडीमा जन्मिएकी बिना मगर जतिबेला ९–१० वर्षकी हुनुहुन्थ्यो, त्यतिबेलादेखि माओवादी आन्दोलनमा हुनुहन्छ,’ भट्टले भने, ‘राज्यले माओवादीलाई लखेटिरहेको बेला बिना मगरको बुबाले माओवादी आन्दोलन र पार्टी कार्यकर्तालाई आइबीआरडीमा संरक्षण गर्नुभएको हो ।’ जनयुद्धताका माओवादी आन्दोलनमा आवद्ध नेता कार्यकर्ताले जनयुद्धताका मिठो खाना खान बिना मगरको बुबालाई सम्झिनुपर्ने बाध्यतालाई भट्टले स्मरण गरे । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य टेकेन्द्रप्रसाद भट्टले बिना मगर बाल्यकालदेखि नै माओवादी आन्दोलनमा जोडिएर २७ महिना जेल जीवन बिताएको नेतृ भएको बताए ।
‘बिना मगरको जन्मभूमि कञ्चनपुर नै हो, उहाँले कञ्चनपुरलाई नै कर्मभूमि बनाउनुभएको छ,’ नेता भट्टले भने, ‘उहाँलाई प्रचण्डको बुहारीका रुपमा मात्रै प्रचार गरेर माओवादी आन्दोलनमा उहाँले गर्नुभएको योगदानको अवमूल्यन गरिन्छ । उहाँ हाम्रो पार्टीको सर्वोच्च कमाण्डर प्रचण्डको बुहारी हुनुहुन्छ, त्यसमा पनि हामीले गर्व गर्नुपर्छ । कञ्चनपुरको हाम्रो छोरी बहिनी पार्टी कमाण्डरको बुहारी हुनु हाम्रो गौरवको कुरा हो । उहाँले यो सम्बन्धबाट कञ्चनपुरको विकासमा सहयोग गर्नुहुन्छ ।’
फेवातालदेखि सराङकोटसम्म केवलकार डेढ वर्षमा बन्ने

फेवातालदेखि सराङकोटसम्म केवलकार डेढ वर्षमा बन्ने

मंसिर ७, पोखरा । फेवाताल किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माणका लागि मंगलबार निर्माण सम्झौता भएको छ । आवश्यक प्रक्रिया सकिएर बुधबार निर्माण सम्झौता भएको हो ।
अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ र केबलकार निर्माणको जिम्मा पाएको चितवन कोइ कम्पनीका राजेशबाबु श्रेष्ठले निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । अब डेढ वर्षभित्र सबै निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको अध्यक्ष कालु गुरुङले जानकारी दिए ।
अहिले फेवातालदेखि गाडीमा आधादेखि पौने घन्टा लगाएर सूर्योदय र सूर्यास्तको स्वाद लिन सयौं पर्यटक सराङकोट पुग्ने गर्छन् । केबलकार निर्माण सम्पन्न भएपछि भने फेवातालको काखदेखि रमाउँदै ७ मिनेटमै सराङकोट पुग्न सकिने अध्यक्ष गुरुङले बताए । फेवातालको उत्तरी किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माण गर्न गएको मंसिर २९ गते शिलान्यास भएको थियो ।
‘केबलकार निर्माणको सम्पूर्ण डिजाइन सकिइसकेको छ । जग्गा खरिद, पहुँच मार्ग निर्माणदेखि सम्पूर्ण नीतिगत तथा स्थानीय सम्झौता सकिएर भौतिक निर्माणको काम सुरु भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘प्राविधिक जाँच, मेसिनरी पाट्र्सको स्विकृति तथा सबै खरिद भइसकेको छ । डेढ वर्षभित्र फेवातालदेखि सराङकोट केबलकार चढेर पुग्न सकिने छ ।’
डिजाइन तथा प्राविधिक जाँच, मेसिनरी सामानको स्विकृति र खरिद प्रक्रियामा केही ढिलाइ भएकाले भौतिक पूर्वाधार निर्माण सुरु हुन ६ महिनाजति ढिलाइ भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
केबलकार निर्माण सम्पन्न गर्न १ अर्ब रुपैयाँबाट खर्च बढेर १ अर्ब १० करोड पुगेको छ । केबलकार निर्माणमा स्थानीयको १० प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र बाँकी अन्नपूर्ण केबलकार प्रालिको लगानी रहने छ ।
२ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १३ वटा टावर रहने रोपवे नेपालका अध्यक्ष एवं इन्जिनियर गुणराज ढकालले जानकारी दिए । उनका अुनसार १७ वटा डब्बाबाट सेवा सञ्चालन गरिने र यात्रुको संख्या बढ्दै गएमा ३५ वटासम्म डब्बा केबलमा राख्न सकिन्छ । ‘एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन्’ ढकालले भने, ‘१७ डब्बाबाट प्रतिघण्टा ५ सय जनालाई सेवा दिन सक्छ ।’
केबलमा ३५ वटा डब्बा राख्ने र १ हजार जनालाई सराङकोट पुर्‍याउने योजना प्रालिको छ । सराङकोट र सेदीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना भइसकेको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृति दिएको छ ।पछि पब्लिकलाई सेयर सुविधा दिने योजना कम्पनीले ल्याएको छ । ‘हामीले कम्पनीको शेयर जनतालाई दिने सोच बनाएका छौं ।,’ प्रालि अध्यक्ष गुरुङले भने, ‘५१ प्रतिशत संस्थापक सदस्यलाई र ४९ प्रतिशत जनतालाई शेयर दिन सकिन्छ, यसबारे हामीले गृहकार्य गरिरहेका छौं ।’ केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्ऽागिरी केबलकारभन्दा यसमा नयाँ प्रविधि प्रयोग गरिने बताइएको छ ।
केवलकारको डिजाइन अन्तर्राष्ट्रिय स्तरको
जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग हुने इन्जिनियर ढकालले बताए । ‘केबलकार निर्माण गर्दा सुरक्षालाई प्राथमिकता दिइनेछ,’ ढकालले भने ‘केबलकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बन्छ ।’ उनका अनुसार केलबलकार निर्माण गर्न ५ वर्षअघि नै सर्भे गरिएको थियो ।
‘केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियोडाँडा तथा पोखराको मनोरम दृश्यावलोकन गर्न मिल्छ,’ अध्यक्ष गुरुङले भने, ‘यसले सराङकोटमा पर्यटन प्रवर्द्धन गर्नुका साथै केबलकार नयाँ गन्तव्य बन्ने विश्वास लिएका छौं ।’ बिहान पाँचै बजे पर्यटकलाई सूर्योदय देखाउने गरी केबलकार सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।
केवलकार निर्माणपछि ६० जनाले रोजगारी पाउने कम्पनीले बताएको छ । केबलकार निर्माणमा सनराइज र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । शिलान्यास कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतराज पराजुलीले पर्यटनको प्रवर्द्धनमा केबलकार कोषेढुंगा हुने बताए । सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रूपैयाँ भाडा लिन्छ भने समय बढीमा ४५ मिनेट लाग्छ । यो केबलकार बनेसँगै ७ मिनेटमै ६ सय रूपैयाँको आसपासमा भाडा तिरेर पुग्न सकिने प्रालिले जनाएको छ ।
यसअघि लेकसाइडको बसुन्धरा पार्कदेखि पुम्दीभुम्दीको शान्ति स्तुपासम्म मनकामना दर्शन प्रालिले केबलकार बनाउन आवश्यक प्रक्रिया थाले पनि विवाद भएपछि काम रोकिएको थियो ।
केबलकारलाई लक्षित गरेर सराङकोट डाँडामा पाँच तारे होटल निर्माण भइरहेको छ । केबलकारका सेयरधनीसमेत रहेका जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले एक अर्बभन्दा बढी लगानीमा सराङकोट डाँडामा लक्जरी होटल निर्माण गरिरहेका छन् । ‘होटल हिमालयन भ्यू’ नाम दिइएको होटलको निर्माण कार्य धमाधम भइरहेको छ ।
होटलमा करीब एक अर्ब ३० करोड रूपैयाँ लगानी हुने र ९ तले भवन बन्ने बताइएको छ ।

Tuesday, November 21, 2017

युट्युबमै निःशुल्क लोकसेवा तयारी कक्षा

युट्युबमै निःशुल्क लोकसेवा तयारी कक्षा



मंसिर ६, पोखरा । लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन पाउने छन् । शिक्षक तुल्सीराम ढकालले लोकसेवा पढ्ने विद्यार्थीका लागि भनेर युट्युबमा आईक्यूका कक्षा सञ्चालन गरेका हुन् । ढकाल लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहजतका लागि युट्युबबाट सामान्य ज्ञान र आईक्यू क्लासको भिडियो सार्वजनिक गरिरहेका छन् ।
राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरूमा अध्यापन गराइरहेका ढकालले कक्षाकोठा सम्म आउन नभ्याउने तथा घरमै बसरे अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि भन्दै युट्युब मार्फत अध्ययापन गराउन थालेका हुन् । उनको आफ्नै नामको युट्युब च्यानलमा लोकसेवा तथा अन्य क्षेत्रमा आवश्यक पर्ने आईक्यू सम्बन्धी भिडियो हेर्न पाईन्छ ।
२०७३ देखिनिरन्तर यसरी भिडियो सार्वजनिक गरिरहेका ढकालले हालसम्म १ सय ६ वटा भिडियो सार्वजनिक गरेका छन् । कतिपय लोकसेवा पढ्न चाहानेहरु कहिलेकाही पैसा अनि समयको अभावमा क्लास जान सक्दैनन् । यस्तो समस्या झेलिरहेका विद्यार्थीलाई सहयोग गर्ने उदेश्यले उहाँले युट्युब हेरेरै लोकसेवा तयारी गर्न सकिने वातावरण बनाएका हुन् ।
गाउँमा बसेर शहरसम्म पढ्न जान नपाउने विद्यार्थी र लोकसेवा पढीरहेका गृहणीलाई पनि यो भिडियो क्लासले सहयोग गर्ने उनको विश्वास छ । आफुले निर्माण गरेका भिडियोहरुमा जटिल प्रश्नको उक्तर पनि सरल र छोटो तरिकाले प्रस्तुत गरिएको उनको दाबी छ । एउटै च्यानलबाट धेरै कुराको ज्ञान पाउन सकिने ढकालले बताए ।
युवा पुस्ता प्रविधि मैत्रि भएकाले पनि ढकालको युट्युब च्यानल लोकसेवा अध्ययन गरिरहेका युवाहरुमाझ लोकप्रिय बन्दै गईरहेको छ । घरमा बसेर मात्रै भन्दा पनि सवारी साधनमा यात्रा गर्दा पनि भिडियो हेर्दे यात्रा गर्न सकिन्छ । अन्य काम गर्दा गर्दै पनि भिडियो बजाएर सुन्न र हेर्न सकिने भएकाले पनि लोकसेवा तयारी गरिरहेकाहरुलाई ढकालको यो प्रयास लाभदायी भएको छ । हालसम्म उनले लोकसेवाका आअइक्यू प्रश्न समाधानसँग सम्बन्धित १ सय ६ वटा भिडियो राखिसकेको बताए ।
ढकालले आफ्नै कोठामा भएको ह्वाईट बोर्डमा आइक्यूका प्रश्नको समाधान गर्दै भिडियो निर्माण गर्ने र सार्वजनिक गर्ने गर्छन । सुरुवातमा भिडियो निर्माणमा ढकालकी श्रीमतीको सहयोग थियो उनले भने तर आजभोली भने उहाँ क्यामेरा स्ट्याण्डको सहारामा आफै भिडियो निर्माण गर्छु ।
“घरमै बसेर आइक्यू सिक्न सकिने, न त पैसाको खर्च नत समयको खर्च, एकपटक नबुझे वा झुलेमा फेरी हेर्न सकिने यस प्रविधिले धेरैलाई सहयोग गर्ने उनले बताए ।

आजको राशिफल (२०७४ मंसिर ६ गते बुधबार)

आजको राशिफल (२०७४ मंसिर ६ गते बुधबार)


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आतिथ्य ग्रहण गर्ने, सम्मानित हुने वा मेजमानीको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला ।
बृष(ई,,,,वा,वी,वू,वे,वा)
अष्टमस्थ चन्द्रमाका कारण त्यत्ति सरल दिन छैन । आँटेका काम बन्ने सङ्केत छैन । चन्द्रमा अशुभ गृहमा छ । परिस्थिति अप्ठ्यारो छ । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन । व्यावसायिक काममा खर्च बढ्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु आवश्यक छ । चोटपटकको सम्भावना र धनमाल हराउने योग छ । सवारीमा सावधानी अपनाउनुहोला ।मिथुन(का,की,कू,,,,के,को,हा)
प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका छ । मन प्रसन्न रहनेछ । व्यावसायिक यात्राको सम्भावनासमेत छ ।कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । गल्तीबिनै आरोप लाग्न सक्छ । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा पर्न सकिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । चुनौतीको सामना गर्नु पर्नेछ । व्यापार तथा उद्योगतर्फ पनि समय दिने फुर्सत हुँदैन ।  आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने सम्भावना छ । वैदेशिक यात्राको प्रकिया थाल्नु हुँदैन, तर परदेश वा दूरदराजका क्षेत्रबाट आंशिक रूपमा लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट सचेत हुनुपर्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न सके सफल भइन्छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ उद्योगधन्दा वा व्यवसायका लागि वातावरण बन्नेछ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
कन्या(टो,पा,पी,पु,,,,पे,पा)
आज काम बिग्रने डरले सताइरहने दिन हो । आफैंले प्रदान गरेको वाचालाई पालना गर्न सकिंदैन । अनुभवी र जान्नेबुझ्नेसमक्ष आफ्ना समस्या दर्साउँदा पनि सहयोग जुटाउन सकिंदैन । आमा वा कुनै बृद्ध नातेदारको सेवासुश्रुषामा समय बित्नेछ । सामाजिक कार्यमा अपजसको भागी बन्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् वा दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन भावको बलियो चन्द्रमाको प्रभावले विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । तपाईंका क्रियाकलापको सर्वत्र चर्चा हुनेछ, नाम, दाम र सम्मान पाउनु हुनेछ । दिदीबहिनी र करकुटुम्बबाट सहानुभूति र सहयोग मिल्नेछ ।
धनु(ये,यो,भा,भी,भू,,फा,ढा,भे)
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । बढी आशावादी बन्नु हुँदैन, तर आफैंले आत्मबल र हिम्मतले काम लिन सकेमा पछि परिने छैन । योजना बनाएर दीर्घकालिक लगानी गरेमा काम बन्ने योग छ ।
मकर(भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ, खास गरी जोखिम मोल्ने काम र गरिष्ठ भोजनबाट टाढा रहनु राम्रो हुनेछ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । बरु फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छनर्् । प्रतिस्पर्धीलाई उछिन्न सकिने छ । टाढाका आफन्त वा साथीभाइसित भेटघाट हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय उत्साहवद्र्धक रहने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । व्यापारमा फाइदा हुनेछ, आम्दानीका नयाँनयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोग गर्न सकिने छ । आध्यात्मिक विषयवस्तु र दर्शनशास्त्रमा रुचि जाग्ने छ, नयाँ ज्ञान प्राप्त हुनेछ । पढाइलेखाइमा राम्रै प्रगति गर्न सकिने छ । भाइबहिनी र छोराछोरीले खुसी तुल्याउने छन् । परिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ । सरकारी र प्रशासनिक कामबाट लाभ लिन सकिने छ । सामाजिक सम्मान प्राप्त गर्न सकिने छ ।
मीन(दी,दू,,,,दे,दो,चा,ची)
आज कर्मसिद्धिको समय हो । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । मान्यजनको सेवासुश्रुषा र चाकरीमा समय दिनुपर्ने छ । धनागमका बाटाहरू खुल्ला रहने देखिन्छ ।
आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।
बहुउपयोगी फल ‘मेवा’ को एस्तो छ फाईदाहरु:

बहुउपयोगी फल ‘मेवा’ को एस्तो छ फाईदाहरु:


मेवा एक मिठो फल मात्रै हैन यो जुनसुकै रोगीले पनि खान मिल्ने एक बहुउपयोगी स्वस्थ फल हो । दक्षिण अमेरिकामा उत्पत्ति भएको मानिने यो फल त्यहाँबाट मलेशिया, फिलिपिन्स हुँदै भारतमा भई त्यसपछि हाम्रो देश नेपालमा भित्रिएको मानिन्छ ।
‘भिटामिन ए’ को प्रमुख स्रोत भएको यो फलमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, कार्बोहाइड्रेट तथा फाइबर पनि पर्याप्त मात्रामा पाइन्छ । गर्मि याममा अमृत सामान हुने मेवाको सेवन औषधीसरह धेरै लाभदायी र बहुउपयोगी रहेको छ ।
– दाद आएमा
काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद निको हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।
– जिब्रो फुटेमा
काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा बिहान/बे लुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।
– कोलस्टेरोलमा
मेवामा पर्याप्त मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोलको मात्रा घटाउँछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।
– छालालाई चाउरी पर्नबाट जोगाउने
मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट जोगाउँदछ । जसकारण मानिसलाई युवा बनाईराख्न मद्दत मिल्छ ।
-डंडीफोर र चाँया भएमा
काँचो मेवाको टुक्राले नियमित रुपमा बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।
– पेटको समस्यामा
मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।
-मलद्वारसंबन्धी समस्यामा
मेवाको जुसले मलद्वारको संक्रमणसम्बन्धि समस्यामा सकारात्मक फाईदा पुर्याउने गर्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।
– मिर्गौलाको समस्यामा
मिर्गौलाको समस्या भएका मानिसहरुलाई मेवाले धेरै फाईदा पुर्याउँछ । मेवामा पाईने एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ । साथै विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा समेत मेवाले पुनः पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ ।
– तौल घटाउन
मेवामा उच्च पोषण र न्युन मात्रामा क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी हुन्छ ।
– बिहानीको वाकवाकीमा
विशेषगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा हटाउन मेवाले मद्दत गर्दछ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।
-कन्स्टिपेसनमा:
मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमै पचाउन मद्दत गर्छ ।
-कलेजोको क्यान्सरमा
मेवाको एक महत्वपुर्ण फाईदा यो हो कि, यसमा क्यान्सरसंग लड्ने क्षमता हुन्छ । यसले क्यान्सर भएको कोषको वृद्धि हुने क्रमलाई रोक्ने कार्य गर्दछ । जसकारण यसले क्यान्सरबाट समेत जोगाउँछ ।
-हाडजोर्नी
हाडजोर्नी दुख्ने सम्बन्धि समस्याहरुका लागि पनि मेवाले फाईदा पुर्याउँछ । मेवामा जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ । विशेषगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ ।
– प्रतिरोधी क्षमतावृद्धिमा
मेवामा सबैभन्दा बढी भिटामिन ए र भिटामिन सी पाईन्छ । यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ । खासगरी रुघाखोकी, ज्वरो भइरहने बिरामीलाई यसले फाईदा पुर्याउँछ ।
– स्याम्पुको रुपमा
यदि तपाईको कपालमा चायाँ परेको छ भने, मेवाका तत्व मिसाइएको स्याम्पु प्रयोग गर्नुस् ।
– डेंगु
मेवाको पातको जुसले शरीरमा रक्तकोषहरुको वृद्धि गर्छ । र यसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्छ ।
– रजस्वला अनियमित भएकोमा
महिलाहरुमा हुने अनियमित रजस्वला समस्यामा मेवाको नियमित सेवनले सन्तुलित बनाउँछ ।
निर्वाचनका कारण एक महिना हलमा पुरानै फिल्म लाग्ने

निर्वाचनका कारण एक महिना हलमा पुरानै फिल्म लाग्ने

मंसिर ५,पोखरा
मंसिर १ गते ‘झ्यानाकुटी’ रिलिज भएको थियो भने अब मंसिर २९ गते हलमा चलचित्र ‘सुपर गोर्खे’ प्रदर्शनमा आउदै छ । यस बीच डिसेम्बर १ तारिखमा संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्र ‘पद्मावती’ रिलिज हुने पक्का थियो । तर, भारतमा राजपुत समाजले यस चलचित्रको कथावस्तुलिएर चर्को विरोधपछि यस प्रदर्शन मिति पछि सरेको छ । यस कारण हलमा ३ हप्ता जति कुनै पनि नेपाली र हिन्दीफिल्म रिजिल नहुने भएको छ ।
फिल्म रिलिज नभएपछि हलहरु तनाबमा पर्ने भएका छन् । दीपिका पादुकोण, रणवीर सिंह, साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘पद्मवाति’लाई तोकिएको मितिमा प्रदर्शन नगर्ने यसको निर्माणपक्षले निर्णय गरिसकेको छ । यस चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड भएसँगै नेपालका हलहरु प्रभावित भएको छ ।
अब एक महिना नयाँ नेपाली चलचित्र पनि रिलिज हुने छैनन् । पौषको १४ गते देखि धेरै नेपाली चलचित्र रिलिज हुने छन् । तर, करिब १ महिना नेपाली चलचित्र हलहरुमा नेपाली र हिन्दी चलचित्र रिलिज हुने छैनन् । नेपालमा मंसिर १० र २१ गते हुन लागेको निर्वाचनका कारण नयाँ नेपाली चलचित्र रिलिज नहुने भएका हुन् । करिब १ महिनापछि डिसेम्बर २२ मा रिलिज हुन लागेको सलमानको ‘टाइगर जिन्दा हे’ले मात्र नेपाली चलचित्र हलहरुलाई राहत दिन सक्ने अनुमान गरिएको छ ।